सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतका न्यायाधीश नियुक्त

`

     २०८० पौष ०८ गते २:००

काठमाडौँ, पौष ८ । न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पाटन र उच्च अदालत पोखराका लागि न्यायाधीश नियुक्ति गरेको हो ।

परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्ति गर्ने निर्णय भएको छ । त्यसैगरी सर्वोच्चकै रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा नियुक्ति गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?