काठमाडौँ, ८ पुस २ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निकट भविष्यमै अधिवक्ताको ल फर्मबाटै मुद्दा र रिट निवेदन दर्ता गर्ने दिन आउने बताएका छन् ।
‘निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ भन्ने विश्वास छ, म त्यसका लागि लागिरहेको छु’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अब तारेख लिन पनि अनलाइनबाटै हुन्छ कि भनेर अध्ययन गरिरहेको छु । सायद त्यो पनि सम्भव छ ।’
उनले भारतमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारण पनि हुने गरेको भन्दै आफूले पनि त्यहीँ बारेमा सोचिरहेको बताए ।




