advertisement

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ । शुक्रबार असली चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

" /> सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घट्यो - Sarbocha Media

सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घट्यो

`

     २०७६ फाल्गुन ३० गते ८:२९

काठमाडाैं, ३० फागुन ।  सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । म‌ंगलबार अहिलेसम्मकै सबैभन्दा मह‌ँगो ८२ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन त्यसपछि भने घटिरहेको छ । बुधबार ८२ हजार ३ सय र बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य शुक्रबार भने ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

advertisement

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ । शुक्रबार असली चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?