काठमाडौं, पुस ५ । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो।
विधान अधिवेशनअघि विधानको मस्यौदा बनाउन सात सदस्यीय मस्यौदा समिति सचिवालयले बनाएको छ।




