काठमाडौँ, ४ पुस । माओवादी केन्द्रको बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्ताका कारण बैठक बुधवार बिहानसम्मका लागि स्थगित भएको छ’, उनले भने ।




