काठमाडौं, पुस ३ । एनसेलको कारोबारमा कमजोरी रहेको पाइएमा कारबाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बतएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
प्रधानमन्त्री दाहालले एनसेल खरिद-बिक्री प्रकरणमा बनाइएको समिति स्थायी संरचनालाई पन्छाउने उद्देश्यले नभएको समेत स्पष्ट पारेका छन्।
‘समग्र लगानी, दूरसञ्चारको विकास-विस्तारका विषयमा छलफल गरेपछि अध्ययन तथा छानबिन समिति बनाइएको हो। कसैलाई ओभरल्याप गर्नको लागि छानबिन समिति बनाइएको होइन’ उनले समितिमा भने।




