काठमाडौँ, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान शितल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच संसद्को अधिवेशन बोलाउनेलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।




