काठमाडौं, पुस २ । संघीय संसदका सदस्यहरू चीन भ्रमणका लागि गएका छन्।
नेकपा ९माओवादी केन्द्र० का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार दिउँसो १२स्०५ बजे चीन भ्रमणका लागि गएको संघीय संसद सचिवालयले जनाएको छ। उनीहरू छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँचरपाँच जना सांसद चीन गएका छन्।
यस्तै माओवादीका तीन जना, रास्वपाका एक जना, राप्रपाका एक जना, जसपाका एक जना र नेकपा एकीकृत समाजवादीका एक जना सांसद चीन भ्रमणमा गएका हुन्।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएका हुन्।




