काठमाडौं, पुस १ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई पत्र बुझाउँदै उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्।
‘मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हाम्रो मूल ध्येय हो,’ उनले भने, ‘सरकारले समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्छ।’




