कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

`

     २०८० मंसिर २९ गते २:५०

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?