advertisement

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घका सचिव पिन्टु कशौधनले जानकारी दिए ।

सो भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दैप्रार्थना गरिएको उनले बताए ।

" /> कोरोना भाइरस नेपालमा नआओस भन्दै लुम्बिनीमा शान्ति प्रार्थना - Sarbocha Media

कोरोना भाइरस नेपालमा नआओस भन्दै लुम्बिनीमा शान्ति प्रार्थना

`

     २०७६ फाल्गुन ३० गते ४:०४

रुपन्देही, ३० फागुन । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

advertisement

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घका सचिव पिन्टु कशौधनले जानकारी दिए ।

सो भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दैप्रार्थना गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?