समृद्ध नेपाल, सुखी नेपालीका लागि मिसन ८४ सुरु गरिएको ओली दाबी

`

     २०८० मंसिर २८ गते १२:०९

काठमाडौँ, २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।

समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले साँढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा असाधारण विकास गरेको बताए । उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?