काठमाडौँ, बिहिबार ११ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाई हुने भएको छ । ।
यसअघि उच्च अदालत पाटनकै दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज न्यायाधीश कोइरालाको एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो।




