" /> सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी - Sarbocha Media

सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी

`

     २०८० मंसिर २७ गते ४:०९

काठमाडौँ, २७ मङ्सिर । काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने जानकारी दिए ।

अनुगमनका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ ।

त्यस्तै महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिवाना गराउने छ । सार्वजनिक स्थलको एकसय मिटर वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न समेत नपाइने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?