टिकटक प्रतिबन्धविरुद्धको रिट आजपनि ‘हेर्न नभ्याइने’

`

     २०८० मंसिर २७ गते २:०२

काठमाडौं,२७ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्न नभ्याइने भएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिट समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो । कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिथोलिएको भन्दै तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्याएको ठहर गर्दै अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, अनन्तराज लुईटेल, फर्सुराम पाण्डे, त्रिलोक बहादुर चन्द ,प्रेमराज सिलवाल, डा. सुनिल रंजन सिंह,अञ्जन धिताल,रामकृष्ण बन्जारा र यज्ञमणि न्यौपानेसमेतले सर्वोच्चमा रिट हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?