लेबल उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ लाख जरिवाना

`

     २०८० मंसिर २६ गते २:१७

काठमाडौँ, २६ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुग्ध पदार्थमा लेबल उल्लेख नगरी बिक्री वितरण गर्ने एक डेरी उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?