प्रधानमन्त्री आज नवलपरासी जाँदै

`

     २०८० मंसिर २६ गते ११:३४

काठमाडौं, मंसिर २६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पश्चिम नवलपरासीको रामग्राम स्तुप जाँदैछन्। शान्तिका अग्रदुत गौतम बुद्धको अस्तु धातु रहेको ऐतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीले प्रचण्डले रामग्राम स्तुपमा विश्व शान्तिको कामनासहित दिप प्रज्वलन र स्तुप क्षेत्रको पुनर्स्थापना, संरक्षण तथा विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?