काठमाडौँ, सोमबार, २५ । ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो सांस्कृतिक परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन् ।
संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । ताजपुरिया समाज कल्याण परिषद्को २८ औँ स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका–८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताए । ताजपुरिया समुदायको संस्कृति जोगाउन स्थापना दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।




