काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा करिब २०० जना नेपाली भर्ती भएको जानकारी आएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए।
नेपालीहरू भिटिट भिसा, अध्ययन भिसालगायतबाट रुस पुगेका थिए। ‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ,’ उनले भने।




