सङ्घीय संसद्का महासचिवमा पाण्डेयको नाम सिफारिस

`

     २०८० मंसिर २५ गते २:०८

काठमाडौँ, मङ्सिर २५ । डा. भरतराज गौतमले राजीनामा दिएपछि सङ्घीय संसद् सचिवालयका महासचिवमा पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।

रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?