काठमाडौँ, मङ्सिर २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले गएराती बरामद गरेको १४ किलो सु्नको थप अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा प्रमुख भन्सार अधिकृत मनिराम पौडेललको संयोजकत्वमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लु प्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा सदस्य रहेका छन् । भन्सार कार्यालयले पत्रकार सम्मेलन गरी सुन सार्वजनिक गरेको हो ।
फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई १४ किलो सुनसहित भन्सार कार्यालयले पक्राउ गरेको थियो ।




