काठमाडौं, मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
महोत्तरीमा मंसिर ११, १२ र १३ गते चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकका बेला केन्द्रीय सदस्य थप गर्ने निर्णय भएको थियो।
रास्वपाले पार्टीका सबै सांसदहरूलाई केन्द्रीय सदस्य बनाएको थियो। रास्वपामा अहिले २० जना सांसद छन्। यीमध्ये ६ जना पहिलादेखि नै केन्द्रीय सदस्य थिए। अब रास्वपामा ६५ सदस्यीय केन्द्रीय समिति बनेको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।




