काठमाडौं,२० मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले लघुवित्त र सहकारीमा जनताले तिर्नबाँकी सम्पूर्ण ऋण मिनाहा गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
आम जनतालाई सहज कर्जाको उपलब्ध गराउन बैकिंग लुटको विरुद्ध जनकपुरमा विशाल प्रदर्शन गर्रेको आजपाले जनाएको छ ।
प्रदर्शनकाक्रममा उनीहरुले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्न, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्न तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन माग गरेका छन् ।




