काठमाडौं, १९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज जाजरकोट जाने भएका छन् ।
गत कात्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावितहरूलाई भेट्न र उनीहरूका समस्या, दुःखपीडा बुझ्न अध्यक्ष ओली जाजरकोट जान लागेका हुन् ।
अध्यक्ष ओली जाने भएपछि स्वागतका लागि एमालेका नेता कार्यकर्ता छेडाबजारमा केन्द्रीत भएको एमालेले जनाएको छ । सुर्खेत र जाजरकोटको सिमानामा पर्ने छेडाबजारमा अध्यक्ष ओली र समृद्धिका लागि सङ्कल्प अभियानमा सहभागी नेताहरूको स्वागतका लागि स्वागतद्वार तयार गरिएको जिल्ला कमिटी अध्यक्ष खिमबहादुर शाहीले बताए ।




