राष्ट्रियता कमजोर बन्दै गएको छ : ओली

`

     २०८० मंसिर १८ गते ६:११

सुर्खेत, १८ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत वीरेन्द्रनगरमा गरेको सन्देश सभामा बोल्दै वर्तमान गठबन्धन सरकार थोत्रो भएको दाबी गरेका छन् ।

‘यो सरकार एक वर्षमै थोत्रो भइसक्यो, कुनै नीति, विधि छैन,’ ओलीले भने, ‘राष्ट्रियता कमजोर बन्दै गएको छ । राष्ट्रिय हितमा सरकार अड्न सकिरहेको छैन ।’

देशमा भ्रष्ट्राचार, तस्करीको जालो बढेको पनि ओलीको भनाइ छ । इतिहासमा कहिल्यै नभएका घटना अहिले भएको पनि उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?