युद्धविरामको समय सकिएसँगै इजरायलद्वारा हमासमाथि आक्रमण शुरु

`

     २०८० मंसिर १५ गते १२:२२

काठमाडौँ, मङ्सिर १५ । इजरायल र हमासबीच एक साता लामो युद्धविरामपछि फेरि युद्ध सुरु भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले गाजामा बमबारी सुरु गरेको छ । इजरायलको होलित क्षेत्रमा रकेट अलर्ट जारी गरिएको छ । आइडीएफले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । इजरायली सेनाले गाजामा हमासलाई हटाउनका लागि कारबाही पुनः सुरु गरिरहेको बताएको छ ।

युद्धविरामको अन्तिम दिनमा ८ जना इजरायली बन्धकलाई मुक्त गरिएको थियो। तीमध्ये दुई महिलालाई बिहीबार दिउँसो रिहा गरिएको थियो । ६ जना बन्धकलाई साँझ रिहा गरिएको थियो । बदलामा इजरायलले ३० प्यालेस्टिनीलाई रिहा गरेको थियो । जसमा २२ बालबालिका र ८ महिला रहेका छन् ।

सात दिनको युद्धविराममा हमासले ८० इजरायली, २४ विदेशी बन्धकलाई रिहा गरेको थियो भने यसको बदलामा इजरायलले २४० प्यालेस्टाइनीलाई रिहा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?