सेवाप्रवाहलाई प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

`

     २०८० मंसिर १४ गते ५:३९

काठमाडौं,१४ मंसिर । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् ।

त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?