काठमाडौं, मंसिर १४ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँ पुगेको छ।
यस दिन २८९ वटा धितोपत्रको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच भएको हो।




