प्रधानमन्त्री प्रचण्ड आज राति दुबई जादै

`

     २०८० मंसिर १३ गते २:२६

काठमाडौँ, मङ्सिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप- २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री आज राति ९: ३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?