हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन : प्रचण्ड

`

     २०८० मंसिर ११ गते ४:३४

काठमाडौँ, मंसिर ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामलाई पार्टी संगठनले नै राम्रो भन्न नसकेको गुनासो गरेका छन् ।

पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट इमान्दार प्रयत्न भइरहेको बताए । पछिल्लो पटक नेपाल सम्वतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उनले भने, ‘अरुले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’

आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?