निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

`

     २०८० मंसिर ११ गते १०:५४

झापा, मंसिर ११ । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ।

सोही अवधिमा नेपालबाट ९ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?