काठमाडौं,१० मंसिर । चिकित्सा क्षेत्र सूधारका अभियान्ता डा.गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । मन्त्री बस्नेतले डा. केसीले माफियासँग मिलेर आन्दोलन गरेको आरोप लगाएका थिए ।
आज विज्ञप्ति निकालेर डा।केसीले उक्त आरोप पुष्टि गर्न चूनौति दिएका हुन् । उनले भनेका छन्, हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ । ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन् भन्न चाहन्छु’ ।




