एमाले जतिसक्दो छिटो कोशी सरकारबाट बाहिरिनुपर्छ- माओवादी नेता आङ्बो

`

     २०८० कार्तिक ०१ गते ६:५९

विराटनगर, १ कात्तिक । आज मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुुरा गर्दै नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् । एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको बताए । ‘त्यसैले एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्’, उनले भने ।

कांग्रेस सांसद भएर पनि मुख्यमन्त्री केदार कार्की गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?