काठमाडौँ, २९ आश्विन । दशैं बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा दशैं बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुने भएको हो ।
सर्वोच्चले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूची सार्वजनिक गर्दै बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमी (असोज ७ गते) को दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने जानकारी दिएको हो ।




