मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न नेता पुनको माग

`

     २०८० आश्विन २५ गते ४:५२

काठमाडौँ, २५ असोज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिसभामा बिहीबार विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अन्त्यका लागि विज्ञसहित सम्बद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । व्यवसायीहरूमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरुमा रकम थुप्रिएर बसेको उनको भनाइ थियो । पूर्वअर्थमन्त्रीसेमत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए । ‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ । मन्त्रिपरिषद र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ । बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रूपमा अर्थतन्त्र चलायमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ । निजी क्षेत्रसहित सरोकारवाला सबैको सुझाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?