विद्यार्थी लिन आज राति नै परराष्ट्र मन्त्री साउद इजरायल जाँदै

`

     २०८० आश्विन २४ गते ५:४९

काठमाडौँ, २४ असोज । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएको छ । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् ।

त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले जानकारी दिए ।

त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडानमार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?