लमजुङमा डेंगु संक्रमणबाट १२६ जना संक्रमित

`

     २०८० आश्विन २३ गते १:४६

काठमाडौँ, २३ आश्विन । लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

यो वर्षमा आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?