नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलका केन्द्रीय सदस्यहरूले लिए शपथ

`

     २०८० आश्विन २१ गते ५:४६

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि आइतबार काठमाडौंको प्रज्ञा भवनमा शपथ खुवाइएको हो।

सभापति शेरबहादुर देउवाले गत असार १३ गते विद्वान गुरूङ नेतृत्वको तरूण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?