जनताको समस्या सम्बोधन गर्न जागरण अभियान : माधव नेपाल

`

     २०८० आश्विन २१ गते ३:१३

काठमाडौँ, २१ आश्विन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको समस्या सम्बोधन गर्ने गरि जागरण अभियान सुरु गरेको बताएका छन् ।

आज (आइतबार) मेची-महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै देशव्यापी रूपमा जागरण पैदा गरेको बताए । उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको पनि बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै बीचमा जनताका मुद्दा लिएर अगाडि आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?