नाकामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

`

     २०८० आश्विन १७ गते २:१२

काठमाडौँ, १७ आश्विन । नेपालगञ्जमा मंगलबारदेखि लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा भारतबाट नेपाल आउदै गरेका नेपालीहरु अलपत्र परेका छन् । नाकामा अलपत्र परेका उनीहरुलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको प्रहरीले जनाएको छ ।

कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?