प्रचण्डले बोलाए पदाधिकारी बैठक

`

     २०८० आश्विन १५ गते १:३७

काठमाडौं, १५ असोज । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि (मंगलबार) बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले भोलि विहान ८ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् ।

सो बैठकमा प्रधानमन्त्री दाहालको हालै सम्पन्न भएको संयुक्त राष्ट्रसंघको भ्रमणदेखि चीन भ्रमणसम्मको बारेमा छलफल हुने बताईएको छ । यसको साथै ‘जनतासँग माओवादी’ नामक तीन महिने अभियानको बारेमा पनि बैठकमा समिक्षा हुने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?