खाना पकाउने ग्याससहित इन्धनको बढेको मुल्य फिर्ता

`

     २०८० आश्विन १४ गते २:१६

काठमाडौँ, असोज १४ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरि वृद्धि गराएको खाना पकाउने ग्याससहित इन्धनको बढाएको मुल्य फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदकोप बैठकलाई सम्बोधन गर्दै निगमले बढेको मुल्य फिर्ता गर्ने निर्णय गरिसकेको जानकारी गराएका हुन् ।

निगमले आइतबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?