पाकिस्तानको बलुचिस्तानमा आत्मघाती विस्फोट गराउँदा ५२ जनाको मृत्यु

`

     २०८० आश्विन १२ गते ३:०७

काठमाडौँ, असोज १२ । पाकिस्तानको बलुचिस्तानस्थित एक मस्जिद नजिकै शुक्रबार भएको आत्मघाती विस्फोटमा एक प्रहरी अधिकारी सहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी मिडिया डनका अनुसार घटनामा करिब १३० जना घाइते भएका छन् ।

अहिले दर्जनौंको अस्पतालमा उपचार भइरहेको र २० भन्दा बढी घाइतेलाई चिकित्सा सहायताका लागि क्वेटा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । प्रदेश सरकारले प्रदेशमा तीन दिनको शोकको घोषणा गरेको जियो न्यूजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?