पानसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राजेन्द्र लिङदेन कतारमा

`

     २०८० आश्विन ११ गते १०:१६

काठमाडौँ, आसोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार गएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन लिङदेन बुधबार राति दोहा गएका हुन् ।

कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँको विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

नेपाली श्रमिकको समस्याबारे जानकारी लिने, राजदुतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्नुका साथै लिङ्देन प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?