काठमाडौँ, आश्विन ९ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
मंगलबार दिव्य शताब्दी पुरुष डा। गौरिशंकर दासलाई नागरिक अभिनन्दन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले डा। दासलाई झैं सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभूति दिलाएर देशमै सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए ।
स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको पनि उनको भनाइ थियो । तर एउटा व्यक्तिले आफ्नो पेसा इमान्दारिता साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने उनले बताएका थिए ।




