काठमाडौं, असोज ९ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत रूपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि भएको बताएका छन्।
उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्- उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्। हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन। समाधानको उपाय के हुन सक्छ, तपाईंहरूको विचार पनि राख्नुस् है!




