काठमाडौँ, आश्विन ३ । नेपाल बार एसोसिएसनको केन्द्रीय वार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ ।
असोज १२ र १३ गते आर्थिक वर्ष २०७८/०७९ र २०८९/०८० को साधारणसभा सुर्खेतमा गर्न लागेको नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले बताए ।
यसका लागि देशभरका ७७ जिल्लाबाट करिब ११ सय प्रतिनिधिहरु कर्णालीमा आउने उनको भनाइ छ ।




