विकास कोषले गर्‍यो पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

`

     २०८० आश्विन ०२ गते ४:३४

काठमाडौँ, २ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तीर्न नसकेका कारण उक्त सम्झौँता रद्द गरिएको विकास कोषले जनाएको छ ।

पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले राससलाई जानकारी दिए । उनका अनुसार उक्त प्रालीले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तीर्नु पर्ने पुरानो ४० लाख बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?