पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओली सँगको भित्री सहमति बिना भारतले नक्सा छाप्न नसक्ने बताएका छन् । यस अर्थमा ओली राष्ट्रवादी नभएको देउवाको तर्क छ ।

अघिल्लोपल्ट राष्ट्रवादको नारा लगाएर चुनाव जितेका प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको सभापति देउवाको दाबी छ । कालापानी र लिपुलेक भारतलाई बुझाएर आज प्रधानमन्त्री ओलीले सबैभन्दा ठुलो राष्ट्रघात गरेको आरोप देउवाले लगाएका छन् ।

यसै सन्दर्भमा सभापति देउवाले भारतीय राजदूतलाई फोन गरेर प्रश्न गर्दा समेत दुई तिहाइ प्राप्त सरकारले भने भारतसँग कुरा गर्ने आँट नगरेको भनेर काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिपक्ष काँग्रेसका समर्थन रहँदा रहँदै पनि सरकार यस विषयमा गम्भीर नहुनु दुःखद हो, उनले भनेका छन् ।

सत्तारुढ दल नेकपाले सभापति देउवाको आरोपको खण्डन गरेको छ भने प्रवक्ता शर्माले यदि त्यो सभापतिको आरोप गलत भए साबित गर्न चुनौती दिएका छन् ।

" /> ओलीको सहमति बिना भारतले नक्सा छाप्नै सक्दैन – देउवा - Sarbocha Media

ओलीको सहमति बिना भारतले नक्सा छाप्नै सक्दैन – देउवा

`

     २०७६ मंसिर ०७ गते ८:०२

पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओली सँगको भित्री सहमति बिना भारतले नक्सा छाप्न नसक्ने बताएका छन् । यस अर्थमा ओली राष्ट्रवादी नभएको देउवाको तर्क छ ।

अघिल्लोपल्ट राष्ट्रवादको नारा लगाएर चुनाव जितेका प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको सभापति देउवाको दाबी छ । कालापानी र लिपुलेक भारतलाई बुझाएर आज प्रधानमन्त्री ओलीले सबैभन्दा ठुलो राष्ट्रघात गरेको आरोप देउवाले लगाएका छन् ।

यसै सन्दर्भमा सभापति देउवाले भारतीय राजदूतलाई फोन गरेर प्रश्न गर्दा समेत दुई तिहाइ प्राप्त सरकारले भने भारतसँग कुरा गर्ने आँट नगरेको भनेर काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिपक्ष काँग्रेसका समर्थन रहँदा रहँदै पनि सरकार यस विषयमा गम्भीर नहुनु दुःखद हो, उनले भनेका छन् ।

सत्तारुढ दल नेकपाले सभापति देउवाको आरोपको खण्डन गरेको छ भने प्रवक्ता शर्माले यदि त्यो सभापतिको आरोप गलत भए साबित गर्न चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?