" /> चिकित्सकहरूसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति - Sarbocha Media

चिकित्सकहरूसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

`

     २०८० भाद्र ३१ गते ११:५४

काठमाडौँ, भदौ ३१ । सरकारले चिकित्सक कुटपिट प्रकरणमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

चिकित्सक कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?